चितवन : चितवनमा थप ६ जनामा कोरोना भाईरस पुष्टि भएको छ । आज गरिएको परिक्षणमा चितवनको भरतपुर महानगरभित्र क्वारेनटीनमा बसेका ६ जना पुरुषमा कोरोना भईरस पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यस्तै भरतपुर कोभिड ल्याब गरिएको परिक्षणमा नवलपुर देवचुलीका २ महिलासहित ७ जनामा कोरोना भाईरस पुष्टी भएको उनले बताए । भने उनीहरु सबै देवचुली क्वारेनटीनमा बसेका व्यक्ति हुन् । चितवनमा यि ६ जनासगैँ संक्रमितको संख्या ८२ जना पुगेको छ ।

