काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । हाल सम्म नेपालमा १८६,३६६ जनाको कोरोना परिक्षण गरिएको छ । कुल संक्रमितमा २२२४ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष ९आईसीयू मा उपचारत दैलेख दुल्लु नगरपालिका—३ का ४५ वर्षीय पुरुषको असार ८ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए ।
मृतक लामो समयदेखि क्षयरोग र दम रोगबाट पनि ग्रसीत थिए । थप एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

