रसुवा : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल सम्ममा ९५६१ जनामा कोरोना संक्रमण देखिए पनि रसुवा जिल्लामा भने १ जना पनि संक्रमित भेटिएका छैनन् । पूर्वसावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड –१९ नदेखिएको हो । तत्कालको समयमा चीनको बुहान राज्यमा कोरोना संक्रमण देखिना साथ् गत माघ १५ गतेदेखि नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको ससस्त्र प्रहरी बल नेपाल नम्बर २१ गुल्म टिमुरेका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापा बताउनुहुन्छ । उहा थप्नुहुन्छ “बागमती सामाजिक बिकास मन्त्रालय बाट सुरुवाती समयमा नै हेल्प डेस्क स्थापना गरि स्वास्थ्य मन्त्रालय अन्तर्गत विशेषज्ञ डाक्टर सहितको टिम खटिएको साथै काउन्टर पास मिटिंगको समन्वयमा धेरै गतिविधि अगाडी बढेको कारण पनि रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको छ ” ।

रसुवा जिल्ला कोरोनामुक्त बनाउन सम्पूर्ण सुरक्षा निकायको सशक्त प्रयास रहेको ससस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक किरण पौडेलले जानकारी दिनुभएको छ । उहाले भन्नुभयो – “रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षाअंग, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम, बन्दाबन्दीको पूर्णपालना, क्वारेन्टिन एवं आइसोलेशन शय्याको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहो समेतले कोरोनामुक्त रहन सफल भईएको छ ।”

हिमाली जिल्ला भएको साथै जिल्ला प्रवेस गर्ने नाका सिमित ठाउँमा मात्र भएको कारण कोरोना संक्रमण रोक्न सफल भइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक इन्द्र प्रसाद सुवेदी बताउनुहुन्छ । जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र शंकास्पदको तुरून्तै परीक्षण लगाएत कोरोना नियन्त्रणका लागी अपनाउनु पर्ने सबै गतिबिधि अगाडी सारिएकैले कोरोना नियन्त्रणमा सफल भइएको सुबेदीको जिकिर छ । रसुवामा विभिन्न ठाममा अस्थायी चेक पोस्टहरु स्थापना गरिएको छ जहाँ सुरक्षा निकायहरुले अहोरात्र सेवा प्रदान गरिरहेका छन् ।

चीनमा यो संक्रमण फेला परे संगै सिमाना जोडिएको जिल्ला भएको कारण त्यहाका सुरक्षाका निकाय तथा जनप्रतिनिधीहरुले जनचेतनाको कामलाई तिब्रता दिएका थिए । जतिबेला नेपालमा कोरोनाको त्रासदी बारे थाहा नै भएको थिएन त्यति बेला देखि नै रसुवामा माक्स प्रयोग गर्ने , साबुनपानीले हात धुने तथा कोरोना सचेतनाको बारेमा स्थानीय समेत सचेत रहन थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको भनाई छ । जिल्लाका सम्पूर्ण सम्बन्धित कार्यालयहरुले आ-आफ्नो स्थान बाट सकारात्मक भूमिका खेलेको साथै सुरक्षाकर्मी , स्थानीय तह , जनप्रतिनिधी, आमा समूह, नागरिक समूह, संचारकर्मी तथा स्थानिय वासिन्दाले खेलेको भूमिकाको उच्च प्रशंसागर्दै कोरोनामुक्त जिल्ला रसुवालाई लकडाउन खुकुलो भए संगै चुनौती समेत बढ्ने प्रमुख जिल्ला अधिकारी बताउनुहुन्छ । यद्धपि नेपाल सरकारको नीति पालना गर्दै स्वास्थ्य सचेतना बढाइ जिल्लाका गतिविधि अगाडी बढ्ने उहा थप्नुहुन्छ ।

रसुवामा हाल सम्म ५१२ को आरटिडि परिक्षण भएको छ त्यस्तै ४९ जनाको स्वाब परिक्षण गरिएको छ , जसमा ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाकिको रिपोर्ट आउने क्रममा छ । रसुवा जिल्लामा हाल ३०० जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार