काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ । नेपालमा हाल सम्म १८१,३७१ जनामा कोरोना परिक्षण गरिएको छ जस मध्य ९५६१ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमण बाट २१४२ जना निको भएका छन् भने २३ जनाको ज्यान गएको छ ।

