चितवन : पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडकखण्ड अहिले एक तर्फी संचालनमा आएको छ । इच्छाकामना ६ चारकिलो डाँडामा बिहान करिब साढे ४ बजे पहिरो खसेपछि राजमार्ग दुइतर्फी रुपमा अवरुद्ध बनेको सडक झण्डै १४ घण्टा पछि सञ्चालनमा आएको हो ।

ठुलो पहिलो झरेका कारण ४ वटा डोजर प्रयोग गर्दा पनि समय धेरै लागेको चितवन प्रहरीले जनाएको छ । एकतर्फी रुपमा सडक सञ्चालनमा आएसगैँ अलपत्रका परेका तीज मनाउन हिडेका महिलाहरुसहित सबै यात्रुहरु आआफ्नो गन्तव्य तर्फ लागेका चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
साथै सडकमा फेरि जामको समस्या आउनले भन्दै आफ्नो लेनमा मात्रै सवारी चलाउन प्रहरीले अनुरोध पनि गरेको छ । यस अघि पनि यो क्षेत्रमा पटक–पटक पहिरो खस्ने गरेको थियो । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत काली खोलाको भागलाई निकै जोखिमयुक्त क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार