काठमाडौं : सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । यसको संक्रमण बाट नेपालमा हाल सम्म १९ जनाको ज्यान गएको छ भने विश्वभरमा यो संक्रमणका कारण ४३६,१२४ को ज्यान गएको छ ।
नया तथ्याङ्क अनुसार आज काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णालीमा मात्र आज ९१ जना संक्रमित थपिएका छन् ।

