चितवन : चितवनमा थप सात जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ। हिजो(आईतबार) भरतपुर अस्पतालको कोभिड – १९ परिक्षण प्रयोगशालामा गरिएका ३ सय ८१ जनाको नमुना परिक्षण मध्ये सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा , भरतपुर महानगरपालिका –१४ वस्ने वर्ष ३६ का पुरुष, नवलपुर वुढीकाली–४ वस्ने वर्ष २० का पुरुष, ताराकेश्वर–५ नुवाकोट वस्ने वर्ष ६ र वर्ष ३१ का महिला ,भुमिकास्थान ६– अर्घाखाचि वस्ने वर्ष २० ,वर्ष ३५ र वर्ष ३५ का पुरुष रहेका छन् । बाकीँ ३ सय ७४ जनाको परिक्षण नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ।

