चितवन : क्षेत्रीय होटल सङ्घ सौराहाले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएको जनाएको छ । ती होटलहरुमा ५०० जना अट्ने छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको छ । सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ पाँच हजार क्षमतासम्मको होटल दिन सक्छौँ ।” सौराहामा १२० वटा होटल रहेका छन् । लकडाउनसँगै पर्यटक नभएपछि सबै होटल बन्द छन् । क्वारेन्टिनका लागि प्रस्ताव गरिएका होटल र कोठा संख्याको लिस्ट –
०१ – ल्याण्ड मार्क फरेस्ट पार्क – ७०
०२ – पार्क सफारी – ४०
०३ – होटल स्टार बेङ्क़्युट – ३८
०४ – होटल सेन्टर पार्क – ४४
०५ – होटल सेभेन स्टार – ४७
०६ – चितवन फरेस्ट रिसोर्ट – २०
०७ – चितवन गैंडा लज – २०
०८ – युनिक वाइल्ड रिसोर्ट – २०
०९ – चितवन पार्क कटेज – १७
१० – गैंडा आइसल्याण्ड क्याम्प – ६
११ – होटल बटरफ्लाई – ४
१२ – होटल पार्क साइड – २०
१३ – होटल रेन फरेस्ट – २०
१४ – होटल रिभर साइड – २२
१५ – होटल शिभाज ड्रिम – १८
१६ – होटल वेस्ट वुड – २४
१७ – जंगल नेपाल रिसोर्ट – २०
१८ – जंगल सफारी लज – २०
१९ – चितवन रिभर साइड रिसोर्ट – २०
२० – गैरिबारी रिसोर्ट – १२
२१ – होटल जंगल क्राउन – ४०
२२ – वेण्डिज लज – ८
२३ – चितवन एडभेन्चर रिसोर्ट – २६
२४ – जंगल सनसेट क्याम्प – २०
२५ – गैंडा आइसल्याण्ड क्याम्प – ६
२६ – होटल हेरिटेज – १५
२७ – भिजन सफारी रिसोर्ट – १५
२८ – होटल जंगल लज – १०
१९ – होटल पार्क भ्यु – १४
यसैगरी भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् ।

