चितवन : चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २३ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना छिमेकी जिल्लाका हुन । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।

कोरोना संक्रमणका हिसाबले हाल सम्म सुरक्षित मानिएको चितवनमा एकै पटक धेरैको संख्यामा कोरोना देखिएपछी उच्च सतर्कता अपरिहार्य देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार