जेठ-२६ चितवन,

चितवनका १७ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालबाट केही बेर अघि दिएको जानकारिमा‘अहिलेसम्म २३ जनाको पोजिटिभ रिपोर्ट प्राप्त भइसक्यो, अझै केहीको रिपोर्ट आउँदैछ, संख्या अझै बढ्ने निश्चित छ ।’ संक्रमितहरुलाई भरतपुर कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित हुनेमा दुई जना चिकित्सक समेत रहेका छन् ।
संक्रमित हुनेहरुमा भरतुर महानगरपालिका भित्रका ४ जना, माडीका ६ जना, पुरानो मेडिकल कलेज (सीएमएस)का २ जना, नारायणी सामुदायिक अस्पतालका तीन जना, भरतपुर अस्पतालका एक जना र क्यान्सर अस्पतालका एक जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार