पुर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर ९ स्थित खगेरी पुलमा आज बिहान पौने ७ बजे ट्रीपर र १२ चक्के मालबाहक ट्रक एक आपसमा ठोक्किदा ट्रीपरका चालक सामान्य घाइते भएका छन् । सर्लाही बाट काठमान्डूको लागी इट्टा र भुजा बोकेको १२ चक्के ट्रक संग पोखरा बाट क्लिन्कर बोकेर बिरगंजको लागी छुटेको ट्रिपर एक आपसमा ठक्कर खादा करिब २ घण्टा सवारी आवागमन ठप्प भएको थियो । रौतहट विजयपुर नगरपालिका बस्ने बर्ष २३ को ट्रकका चालक उपेन्द्र चौधरीका अनुसार ट्रीपरका चालकले अन्धाधुन्ध गाडी चलाई रङ साईडमा आई आफ्नो ट्रकमा ठोकेका हुन् ।
ट्रीपर चालक इच्छाकामना ७ बस्ने बर्ष २२ का सन्तोष गुरुङ हाल प्रहरीको नियन्त्रणमा रहेका छन् । ठक्कर खाएका दुवै सवारीको आगाडीको भागमा क्षति भएको छ । आज बिहानै देखि पानि परिरहेको र ट्रीपरको तिब्र गतिका कारण दुर्घटना भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट रत्ननगरका प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र बिस्ट बताउनुहुन्छ ।
करीब २ घण्टा ठुला सवारी साधनका लागी अबरुद्द भएको सडक इलाका प्रहरी कार्यालय टांडीका प्रहरी निरीक्षक शेखर शाहको नेतृत्वमा क्रेन द्वारा ट्रिपर साइड लगाई हाल आवागमन सुचारु बनाइएको छ ।
https://www.facebook.com/chitrawanonlinechitwan/videos/3308865842471387/



