चितवनको कालिका नगरपालिका अन्तर्गत विकट पहाडी बस्तीमा बसोवास गर्ने सीमान्तकृत चेपाङ समुदायलाई राहत वितरण गरिएको छ । कालिका नगरपालिका र नेपाल चेपाङ संघको सहकार्यमा अन्डेफको सहयोगमा डेक नेपालले ३२० घर परिवारलाई राहत वितरण गरेको हो ।

कालिका नगरपालिका वडा नं ३ पदमपुरका ८० परिवार, वडा नं ८ न्यूरेनीका ४० परिवार ,सोही वडाको गैरीबारीका ४० परिवार, वडा नं ९ सम्फर्यांगका ८० परिवार र वडा नं १० सिद्धिका ८० परिवारलाई १५ किलोको दरले राहत वितरण गरिएको डेक नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले जानकारी दिए ।

वडा नं ३ मा नेपाल चेपाङ संघ कालिका नगर अध्यक्ष कृष्ण चेपाङ, न्यूरेनीमा नेपाल चेपाङ संघ चितवनका अध्यक्ष भीम चेपाङ, गैरीबारीमा पत्रकारहरु होमनाथ सापकोटा र रामु आचार्य, वडा नं ९ मा वडाध्यक्ष हेमबहादुर क्षेत्री, सिद्धिमा कार्यबहाक वडाध्यक्ष महेन्द्र चेपाङले राहत हस्तान्तरण गरेका थिए ।

सम्बन्धित वडाका स्थानिय श्रोत व्यक्ति र अगुवा चेपाङ महिला पैरवी मञ्चका पदाधिकारीहरुको सकृयतामा लकडाउनका कारण विहान बेलुका छाक टार्न समस्या भएका असक्त एवं अपाङ्गता भएका, एकल महिला, वृद्धवृद्धा र न्यूनआय भएका श्रामकि हरुको पहिचान गरी नामावली तयार पारेर पहिलो चरणमा ३२० परिवारलाई डेक नेपाल सौराहाले राहतप्रदान गरेको कार्यक्रम निर्देशक कार्कीले जानकारी दिए ।

डेक नेपालले चेपाङ समुदायको उत्थानको लागि चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका कुल ११ वटा वडाहरुमा चेपाङ महिला सशक्तिकरण परियोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार