रत्ननगर : सौराहाचोक स्तिथ सगरमाथा मोवाईल पशल गएराती चोरि भएको छ । चोरले नया र पुराना गरि करिब ५५/६० वटा मोबाईल सहित नगद र रिचार्ज कार्ड चोरेको सगरमाथा मोबाईलका सन्चालक शंकर पौडेलले जानकारी दिएका छन । मर्मतका लागि आएका एप्पलको आईफोनहरु सबै चोरी भएका छन । चोरी बाट करिब २० लाख बराबरको क्षति भएको पौडेल बताउछन ।

सिसि क्यामेरामा चोर कैद भएका छन । अन्दाजी १९ बर्षका देखिने तराईमुलका उक्त चोरले सटरको माथिल्लो भाग भाग बाट प्रवेस गरि जिप्सन काटी पशलमा छिरेर करिब १ घन्टाको समय बिताएर छानी छानी सामान चोरी गरेको सिसिक्यामेरामा देख्न सकिन्छ ।

रत्ननगरमा चोरिको घटना बढ्नु गम्भीर भएको साथै यस प्रती प्रशासनले हर तरहबाट अनुशन्धान गर्ने इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी रबिन कार्कि बताउछन ।

https://www.facebook.com/chitrawanonlinechitwan/videos/550965868896733/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार