रत्ननगर । चितवनको सौराहामा निर्माणाधीन सभाहलमा काम गर्ने सबै मजदुरको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सभाहलको निर्माणमा खटिएका मजदुरहरुमध्ये शंकास्पदहरुको कोरोना परीक्षण गरिएको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको रत्ननगर स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । उनीहरुको गुञ्जमान अस्पतालमा स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा परीक्षण गरिएको थियो । शुक्रबार नै ४ मजदुरसहित ९ जनाको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको पौडेलले जानकारी दिए । अहिलेसम्म रत्ननगर नगरपालिकाभित्रका १६२ जनाको आरडिटी र ५१ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला रत्ननगर भने कोरोनामुक्त रहेको स्वास्थ्यशाखा प्रमुख पौडेलले जानकारी दिए । वडा नं ७ सिसुवारमा निर्माण भइरहेको सौराहा सभाहलमा तराईका ३० जना बढी मजदुरले निर्माणको काम गरिरहेका छन् । स्थानिएको चर्को विरोध पछि काम रोकिएको छ । सबैको रिपोर्ट नेगेटिभ आए पछि ढुक्कता सिर्जना भएको परियोजनाका दिलिप महतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार