चितवन : कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ रहेको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका- ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गड्यौलि की २५ वर्षकी महिलामा कोरोना संक्रमण भएको हो । चितवनकी महिला हाल काठमान्डूमा रहदै आएको बुझिएको छ ।

