वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको छ ।
कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको हो ।
आरडीटी परीक्षणमा लागातार तेस्रो रिपोर्ट पोजेटिभ देखिएको ती युवती ब्लड क्यान्सर रोगबाट पनि पीडित थिइन् । उनको भरतपुर अस्पतालमा उपचार हुँदै आएको थियो ।
शनिबार बिहानैदेखि युवतीको स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उनलाई वीरगञ्जमै रहेको तराई हस्पिटलमा लगेका थिए । युवतीको कारोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो ।
लगत्तै सो टोलीले पनि युवतीको आरडिटी टेष्ट गर्दा पोजेटिभ नै देखिएको थियो ।
उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरिसकेको छ ।
उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

