चितवन:चितवनमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले तित्तेपाती स्यानेटाइजर बनाएको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग हो । सो स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको वनविज्ञान विश्वविद्यालयको भनाई छ ।

