चितवन:भरतपुर महानगरपालिकामा अवस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा कीट अभाव भए संगै परिक्षण ठप्प भएको छ। आरटी पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आइरहेको भरतपुरमा आइतबार बेलुकीेदेखि कीट अभाव भएको हो ।
सम्भावित संक्रमितलाई परिक्षण गर्ने काम कसरि हुन्छ त भन्ने प्रश्नमा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भन्नुभयो ‘कीट माग गरि सकेका छौं, भोलिसम्ममा आउँछ की भन्ने विश्वास छ ।’ तत्कालका लागि केही कीट हेटौंडाबाट आजै मगाइएको उहाले बताउनुभएको छ ।
भरतपुरमा कोभिड-१९ बिशेष अस्पताल समयमै निर्माण भए पनि यसको सेवा प्रभावकारी नभएको खबर यस अघिनै आएको थियो ।

