चितवन : भरतपुर महानगरपालिकाले कोरोना भाइरस कोभिड–१९ का कारण कुनै समस्या भए पैसा नलाग्ने हटलाइन तथा टोल फ्रि नम्बरमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरले हटलाइन नम्बर ०६५–५२०७०६, टोल फ्रि नम्बर १६६०५६५२२२२ मा सम्पर्क गर्न आग्रह गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका सचिवालय प्रमुख गोपालकृष्ण न्यौपानेले कोभिड–१९ संक्रमण र महामारीबाट उत्पन्न विपदमा हटलाइन र टोल फ्रि नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । आपतकालिन अवस्थामा सम्पर्क गर्नेलाई महानगरले सबै प्रकारका सहयोग गर्ने उहाको प्रतिबद्दता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार