कोरोना संक्रमितको संख्या बढ्दै जाँदा रत्ननगरमा सडक तथा बजार शुन्य हुन थालेको छ । नेपालमा हाल सम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अझ बढ्ने देखिन्छ । थप रोगीको संख्या बढ्न नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । यो अवस्थामा घर भित्र बस्नु नै बुद्धिमानी देखिन्छ । यद्यपि कृषि, पशुपालन, खाद्यान्न लगाएतका अपरिहार्य आवश्यकतामा मापदण्ड पुरा गरि कार्य गर्न पाईनेछ । रत्ननगरको कृष्णमन्दिर चोक बाट कैद गरिएका केहि तस्विरहरु यहा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार