चितवन :र्या्पिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा चितवनको रत्ननगरमा एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
बुधबार आज रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालले आरडिटी प्रविधिमार्फत एक ब्यत्तिमा रिपोर्ट पोजेटीभ देखिएको हो । अस्पताल श्रोतका अनुसार बिदेशबाट आएको ब्यक्तिहरुको ३९ जनाको आरडिटी प्रविधिमार्फत जाँच गरिएको थियो ।
अस्पताल प्रशासनले एकजनमो रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षण गर्न भरतपुर ल्याईएको छ । उनको रिपोर्ट आज साझ सम्ममा आईपुग्ने छ । गुञ्जमान सिंह अस्पतालले उक्त युवासँगै अन्य ४ जनाको स्वाब समेत भरतपुर पठाएको छ ।
अब रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ । उनी गते फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उक्त युवा कोरियाबाट आईसकेपछि १५ दिन होम क्वारेनटाईनमा बसेको बताईउको छ ।

