२४ चैत्र २०७६,
रत्ननगर, चितवन । कोरोना भाइरसका कारण समग्र विश्वको अर्थतन्त्रनै धाराशायी भैरहेको छ । यसको चपेटाले रत्ननगरको पशुपालकको अवस्था नाजुक हुदै गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव तथा व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरका अध्यक्ष किशोर बगाले बताउनुहुन्छ । लकडाउनका कारण अत्याबस्यक बाहेक अरु पशल संचालनमा नआएको अवस्थामा किशान मारमा परेका हुन् । हाल रत्ननगरका डेरीहरु बन्द छन यद्यपि केहि डेरीहरुले स्थानिय स्तरमा नै दुध बिक्रि गर्ने गरी दुध संकलन गरिरहेका छन् । आज देखि चितवन मिल्क संचालन हुने भनिएता पनि स्थानीयको चर्को बिरोधका कारण संचालन नहुने पक्कापक्कि भैसकेको छ ।

यता किशानको दुधले बजार नपाइरहेको अवस्थामा दाना तथा चोकर व्यवशायीले दाना तथा चोकरको मूल्य वृद्धि गरेका छन् । यो अवस्थामा पशुपालक कृषक दोहोरो मारमा परेको बगाले बताउनुहुन्छ । रत्ननगरमा मात्र दैनिक ५० हजार लिटर दुध संकलन हुने गरेको थियो । अहिले रत्ननगरमा मात्र दैनिक तिस लाख रुपैया बराबरको घाटा किशानले बेहोर्नु परेको छ । बन्द भएको चितवन मिल्क लगाएत अन्य उद्योगहरु संचालनमा ल्याउन मात्र सक्ने हो भने पशुपालक कृषकले राहतको साश फेर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार