२२ चैत्र २०७६,
रत्ननगर, चितवन । रत्ननगर १० मा रहेको श्री कृष्ण प्रणामी सेवा समिति टिकौलीले रत्ननगर नगरपालिकालाई राहत रकमको चेक र बिल हस्तान्तरण गरेको छ । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई वितरण गर्ने गरी संस्थाले नगरपालिकालाई खाद्यान्न सामाग्रीको चेक र बिल हस्तान्तरण गरेका हुन ।

श्री कृष्ण प्रणामी सेवा समिति टिकौलीले रु ४० हजार , श्री कृष्ण प्रणामी वाइजुराज्य महिला समिति टिकौलीले रु ११ हजार गरि रु ५१ हजार नगद र श्री कृष्ण प्रणामी युवा परिषद सेवा समिति टिकौलीले रु २७ हजार ६ सयको खाद्य सामाग्रीको बिल गरि जम्मा रु ७८ हजार ६ सयको राहत हस्तान्तरण गरिएको हो । श्री कृष्ण प्रणामी सेवा समिति टिकौलीका संरक्षक वृजदास महाराजजी,श्री कृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य शिवराज सुवेदी, सेवा समितिका अध्यक्ष माहादेवी खतिवडा, बरिष्ठ उपाध्यक्ष मणिप्रकाश खतिवडा, कार्यवाहक सचिव जगदीशचन्द्र बराल, कोषाध्यक्ष भीमनिधि दाहाल, वाइजुराज महिला समितिकी अध्यक्ष दुर्गा पौडेल, युवा परिषद प्रास का अध्यक्ष बालकृष्ण अम्गाई, श्रीकृष्ण प्रणामी मन्दिर टिकौलिका पुजारी श्रीकान्त बराल लगायतले रत्ननगरका मेयर नारायण वनलाई सो हस्तान्तरण गरेका थिए ।

समितिका अध्यक्ष खतिवडाले स्थानीय सरकारले गरेको एकद्धार प्रणालि मार्फत राहत वितरण गर्दा बास्तविक विपन्न वर्गले पाउने भएकाले नगरपालिकालाई सामाग्री हस्तान्तरण गरिएको बताइन् । ज्याला मजदुरी गरेर परिवार पाल्ने परिवारलाई आफुले प्रदान गरेको सामाग्री पाउन भन्ने अपेक्षा रहेको उनले बताइन । सामाग्री हस्तान्तरण कार्यक्रममा मेयर वनले रत्ननगरका यस राहत सामाग्रीहरु बास्तविक सुकुम्वासी र अति विपन्न परिवारको हात हातमा पुर्याउने बताए । उक्त कार्यक्रममा रत्ननगर नगरपालिका ९ र १० वडा अध्यक्ष रोशन आचार्य,केशव आचार्य ,कार्यपालिका सदस्य सरस्वती लामा लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार