काठमाडौं : नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका यसअघि कैलालीमा संक्रमित भेटिएकाी ३४ बर्षिय महिलाको आफ्न्तमा कोरोना संक्रमण भएको पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यस अघि नेपाल भित्रै कोरोना संक्रमित भेटिएको थिएन । नेपालमा यस अघि ६ जनामा संक्रमण भेटिएकोमा १ जना उपचार पछि निको भएको छ भने अन्य ५ जना उपचाररत छन् । मन्त्रालयले संक्रमित पुष्टी भएको बारे आफ्नो वेबसाइट मार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार