नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, चैत ४ गते दोहाबाट काठमाडौं आएको कतार एयरमै आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । टेकु अस्पतालमा गरिएको परीक्षणका क्रममा ती व्यक्तिमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । केहि दिन अघि सोहि बिमान बाट नेपाल आएकी बाग्लुङ्गकि युवतीमा संक्रमण देखिएको थियो । कतार एयरमा आएका अन्य यात्रुहरुमा पनि संक्रमण हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार