१५ चैत्र २०७६ । बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी बर्ष १९ कि युवतीमा संक्रमण पुष्टि भएको हो । उनि चैत ४ गते नै कतारएयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी खुलेको छ । विमानमा रहेका कुल १५८ यात्रु थिए । सोहि विमानमा यात्रा गरेकी अर्की युवतीलाई गत चैत्र १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । थप एकमा कोरोना भाइरस देखिए संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५ जना पुगेको छ । सो ५ जनामा एक जना निको भएर घर फर्किसकेका छन् ।
कोरोना संक्रमित दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बाग्लुङ्गकि युवतीलाई सुरक्षित तवरले काठमान्डू लाने तयारी भएको जानकारी छ ।
https://www.facebook.com/ramu72999/videos/3058910667472990/

