२ माघ २०७६,
पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन भएसंगै देशैभर चिसो वढेको छ । पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसममा शनिबारसाँझबाट आंशिक सुधार हुने महाशाखाले जनाएको छ । देशका पश्चिमि भुभागका केहि स्थानमा हावा हुरिको सम्भावना छ भने उच्च पहाडी र हिमाली जिल्लामा भारी हिमपातको सम्भावना छ । आइतबारदेखि मौसममा सुधार आउने मौसमविदहरुले बताएका छन् । अत्याधिक जाडो बढे संगै जनजीवन प्रभावित भएको छ । चिसो मौसममा उच्च रक्तचापको समस्याले पिरोल्ने हुँदा सचेत रहन मुटुरोग विशेषज्ञको सुझाव छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी जाडोमा मुटु एवं रक्तनलीसम्बन्धी समस्या देखिने बताउँछन्। चिसो मौसममा मुटुको धड्कन छिटो चल्छ। टाउको, घाँटी, छाती, हात र खुट्टाबाट चिसो शरीरभित्र प्रवेश गर्छ। टोपी, गलबन्दी वा पछ्यौरी लगाउँदा चिसो छिर्न पाउँदैन। बालबालिकालाई भोटो लगाइदिन सकिन्छ। शरीरभित्र चिसो छिर्न पाउँदैन र शरीरभित्रको तापक्रम पनि यथावत् रहन्छ। त्यस्तै, कोठाको तापक्रम पनि तातो बनाइराख्नुपर्ने चिकित्सक बताउँछन्। कोठामा हिटर वा आगो रातभरि बाल्न नहुने विज्ञहरुको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार