२३ पौष २०७६,
रत्ननगर ।
अन्डेफको आर्थिक सहयोगमा साउथ एसिया पार्टनरशिप – नेपाल र नेपाल चेपाङ संघको साझेदारीमा डेभलपमेन्ट एक्सचेन्ज सेन्टर नेपालको आयोजनामा चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका ११ वटा वडाहरुमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धनका लागि युवा चेपाङ महिला नेतृहरुको सशक्तिकरण कार्यक्रम संचालन भैरहेको छ ।
यसै क्रममा डेक नेपालसौराहामा चितवनका प्रभावशाली अगुवा चेपाङ पुरुषहरु तथा स्थानियश्रोत व्यक्तिहरुलाई लैङ्गिक उत्तरदायी सामाजिक जवाफदेहिता सम्बन्धी प्रशिक्षण दिइएको छ ।
दुई दिने कार्यक्रममा लैङ्गिंक उत्तरदायी सुशासन प्रवद्र्धनका लागि प्रभावशाली युवा चेपाङ अगुवाहरुको सशक्तिकरण गर्ने,स्थानियतहको बार्षीक योजना तथा बजेट निमार्ण प्रकृयामाअगुवा चेपाङ महिलाहरुको सहभागिता बडाउने र लैंगिक उत्तरदायी बजेट स्थानियकरण गर्न , स्थानीयतहको सरकारलाई नागरिकहरु प्रति जवाफदेहिता वडाउन चेपाङ हरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देस्यले तालिमको आयोजनागरिएको हो ।
आर्थिक सामाजिक र राजनीतिक रुपमा पछाडी पारिएका चेपाङ महिलाहरुको सशक्तिकरण गरी लैङ्गिंक उत्तरदायी सुशासन प्रवद्र्धनका लागि चेपाङ महिलाहरुको सहभागीताअभिवृद्धि गर्न प्रभावशाली चेपाङ अगुवा पुरुषहरुलाई तालिम दिएको डेक – नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।
तालिममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले सहभागिहरुलाई स्थानिय सरकार संक्षिप्त परिचय दिएकाथिए । स्थानीय सरकार र लैङ्गिक समावेशीकरण एवं लैङ्गिकउत्तरदायी बजेटको बारेमा प्रशिक्षण दिएकाथिए । उहाले स्थानियतहमा बजेट निमार्ण तथा योजना निमार्णका चरणहरु,स्थानीयतहको बजेट , बजेट ट्रयाकिङ के हो ?किन?, बजेट ट्रयाकिङका विधिहरुका सहजिकरण गरेका थिए ।
कार्यक्रमको दोश्रो दिन डेक – नेपालका कार्यक्रम संयोजक जनक कार्कीले सहभागीहरुलाई लिङ्ग,लैङ्गिकता,समानता, समता र लैङ्गिक भुमिकाको वारेमा सहजिकरण गरेका थिए । उहाले पैरवीको वारेमा प्रशिक्षण दिदै नीति–नियम सुहाउदो र व्यवहारिक नभएमा संशोधन गराउन,नीति–नियमनपुग भएमा थप्न लगाउन र भैरहेको नीति–नियमलाई कडाईका साथलागु गराउनु पैरवी गर्नु पर्ने बताएका थिए। साथै सहभागीहरुलाई पैरवी के हो? के होइन? पैरवी कसरी गर्ने, पैरवीकोआवश्यकताको वारेमा अनुशिक्षण दिएकाथिए ।कार्कीले सामाजिक जवाफदेहिता र यसको विधिको वारेमाजानकारी दिदै । सिमान्तकृत चेपाङ महिलाहरुको स्थानिय निकायमा सहभागीताअभिवृद्धि गर्न पुरुषहरुले घरको काममा महिलाहरुलाई सघाउनुको साथै उनिहरुलाई उत्पादनमुलक र सामाजिक कार्यमा लाग्न सहयोग पु¥याउनु पर्ने बताउनु भयो ।
तालिममा चेपाङ वालवालिकाहरु विद्यालय भर्ना भएपनि ५० {66c275d88c792f4eaf6bfde11fc3cab8f8003ea91964026cb868fbf4265d4566} वालवालिका स्कुन नजाने हुनाले सहभागीहरुलाई विद्यार्थि स्कुल पठाउने, जाड रक्सी वालविवाह, वहुविवाह विरुद्ध अभियान चलाउन कार्ययोजना बनाएर कामगर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा डेक – नेपालका अनुगमन अधिकृत अर्चना चौधरी श्रेष्ठले सहभागीहरुलाई आफुले गरेको कामको प्रतिवेदनलेखन तथा सफलताको कथा लेखन वारे जानकारी गराएका थिए । उहाले सामुदायीक अंकपत्र अभ्यासमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रम मा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका श्रोत व्यक्ति र अगुवा चेपाङ पुरुष गरी ४५ जनाको सहभागिता रहेको थियो ।





