२१ पौष २०७६,
रत्ननगर ।
कालिका मोटरसाइकल पाट्सको आधिकारीक सर्भिस सेन्टर रत्ननगर १६, पिठुवा,दोबाटो चोकमा स्थापना गरिएको छ । जयमाता कालिका मोटरसाइकल वर्कसप नामाकरण गरिएको सो केन्द्र आजैदेखि संचालनमा आएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले कार्यक्रम उद्घाटन गर्दै रत्ननगर १६ अनि आसपासका ग्राहकहरु लाई सुबिधा प्रदान गरेकोमा कालिका मोटरसाईकललाई धन्यबाद समेत प्रकट गर्नुभएको थियो ।

पिठुवामा स्थापित सेवा केन्द्र मार्फत ग्राहक बर्गले यामाहा कम्पनीका सबै मोर्डलका मोटरसाईकल तथा स्कुटर खरिद गर्न तथा सर्भिसिंग सेवा समेत पाउनेछन ।

कालिका मोटरसाइकल पार्ट्सले व्यवसाय सँगै सामाजिक क्षेत्रमा समेत काम गरिरहेको छ । ग्राहक बर्गले खरिद गर्ने प्रत्यक सवारी मार्फत २०० रुपैया कालिका यामाहा कोषमा राख्दै आएको छ र त्यो रकम गरिब विद्यार्थीको पठन पाठनमा सहयोग प्रदान गर्दै आईरहेको छ ।

कार्यक्रममा बिशिष्ठ अतिथी एम ए डब्लु इन्टरप्राइजेज का ए एस पी हेड नियाज अहमद तथा कालिका मोटरसाइकल पाट्सका अध्यक्ष उत्तम अधिकारी , त्यस्तै अतिथी टांडी शाखा संचालक रामचन्द्र कोईराला तथा कालिका मोटरसाईकल पाट्सका सेल्स म्यानेजर सुदिप लामिछाने ले मन्तब्य राख्नु भएको थियो । जय माता कालिका मोटरसाईकल पाट्स पिठुवाको प्रमुख चिन बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सन्तोष लामाले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार