२८ पुस २०७६ शुक्रबार
खैरहनी चितवन
चितवन । पौषको अन्तिम साता देखी सुरुहुने ‘सातौं खिचरा महोत्सव–२०७६’ को तयारी तिब्र पारिएको छ । पौष २७ गते देखि खैरहनी नगरपालिका वडा नम्बर ५ को गौचरनमा आयोजना हुने महोत्सबमा अहिले स्टल निर्माण सहित थारु संस्कृति झल्कने साँस्कृतिक घर निर्माण भईरहेको थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं। ७ का अध्यक्ष तथ महोत्सव मुल समारोह समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।
महोत्सबमा १ सय ५० स्टल रहनेछन् । होटलका लागी थप २० वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सवलाई सफल बनाउन विभिन्न समितिहरु गठन गरिएका छन् । महोत्सबमा १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान रहेको छ ।
महोत्सवमा विभिन्न व्यापारिक स्टल, खानाका परिकारहरुको स्टल, बाल उद्यान, थारु जातिको साँस्कृतिक घर राख्ने तयारी गरिएको छ । यस्तै महोत्सवमा दैनिक रुपमा गरीने साँस्कृतिक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिने बताईएको छ ।
यसपटकको महोत्सवमा पनि चर्चित कलाकारहरुको साथै थारु सँस्कृति झल्कने नृत्य र अन्य जातजातिको समेत साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
थारु समुदायको महान् चाड ‘खिचरा’ ९माघे संक्रान्ति० को अवसरमा प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आइरहेको छ । यसवर्षको सातौं संस्करण पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालन हुने छ ।

