१४ मंसिर २०७६,
रत्ननगर । चितवनको सौराहामा हुने १४औँ सौराहा फुड फेष्टिवलको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँट गरिएको छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको आयोजनामा आगामी माघको अन्तिम साता फुड फेष्टिवल हुँदैछ । रेवानको बिहीबार सम्पन्न पूर्ण बैठकले व्यवसायीहरुबीचमा जिम्मेवारी बाँडफाँट गरेको हो ।
फुड फेष्टिवलको संयोजकको जिम्मेवारी सौराहाका सफल व्यवसायी ध्रुव गिरीलाई र सहसंयोजकको जिम्मेवारी कृष्ण अधिकारीलाई दिइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।
नरेश गिरीलाई आर्थिक व्यवस्थापन उपसमिति संयोजक, सूर्यबहादुर रिमाललाई प्रचारप्रसार व्यवस्थापन उपसमिति संयोजक, सुजन भट्टलाई प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजक, नवीन नेपाललाई कलाकार व्यवस्थापन उपसमिति संयोजक, अर्जुन चौधरीलाई झाँकी व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, दीपेन्द्र चौधरीलाई मायाको चिनो व्यवस्थापन उपसमिति संयोजक, गोपीकृष्ण विडारीलाई फ्लेक्स तथा सचिवालय व्यवस्थापन उपसमिति संयोजक, राजेशकुमार तामाङलाई टेन्ट, लाइट, साउन्ड सिस्टम व्यवस्थापन उपसमिति संयोजक, कृष्ण भट्टलाई स्टेज सञ्चालन व्यवस्थापन उपसमिति संयोजक, दीपेन्द्र चौधरीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, अम्बिका कँडेललाई बजार सजावट व्यवस्थापन उपसमिति संयोजक, रमेश भट्टलाई शान्ति सुरक्षा, स्वयम्सेवक तथा पार्किङ व्यवस्थापन उपसमिति संयोजक, शम्भुप्रसाद मालीलाई आवास व्यवस्थापन उपसमिति संयोजक, गोकर्ण गिरीलाई पाहुना सत्कार व्यवस्थापन उपसमिति संयोजक, वीरबहादुर तामाङलाई कार्यक्रम स्थल व्यवस्थापन उपसमिति संयोजक, धर्मराज न्यौपानेलाई स्टल बुकिङ व्यवस्थापन उपसमिति संयोजक, सामुदायिक सेवा केन्द्रलाई प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजक, पुरूषोत्तम श्रेष्ठलाई उत्कृष्ट खाना अनुगमन व्यवस्थापन उपसमिति संयोजक, रमेश अधिकारीलाई सांस्कृतिक झाँकी परिचालन व्यवस्थापन उपसमिति संयोजक र देवीलाल श्रेष्ठलाई यातायात व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी तोकिएको छ ।
चितवनको पर्यटन प्रवद्र्धनका लागि हरेक वर्ष सौराहामा फुड फेष्टिवल हुँदै आएको छ । बैठक अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार