७ मंसिर चितवन
मानिस सफल र सवल हुनको लागि तनाब रहित जिउन जिउनु पर्ने राष्टिय सरोकार
समन्वय समितिका सभापति पार्वती रावलले बताएकी छन्।आज बालकुमारी
माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा तनाव
ब्यबस्थापन बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो
बताएकी हुन्।योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माध्यमिक
बिद्यालयले गरेको योगदान अविस्मरणिय रहेको रावलको भनाई रहेको
छ।तनाब लिएर हिड्ने ब्यक्तिले सिकाउन र सिक्न नसक्ने भएकाले शिक्षक र
बिद्यार्थी दुवै तनाबमुक्त हुनु पर्ने बताइन्। कर्यक्रममा ब्रम्हकुमार विजय
राज सिग्देलले बिद्यालयका शिक्षक ब्यबस्थापन समिति अभिभावक तथा
बिद्यार्थीहरुलाई जिवन जिउने सजिलो तरीकाबारे सिकाएका थिए ।कार्यक्रममा
बिद्यालयका प्रधनाध्यापक नारायण बहादुर थापा,नरेन्द्र के सी लगाएतले
मन्तब्य ब्यक्त गरेका थिए । बिद्यालयका सहायक प्रधानाध्यापकहरु, शिक्षक
अभिभावक संघका अध्यक्ष उद्योग कुमार पिया,वालमाविद् अल्मुनाई
एशोसियसनका अध्यक्ष बद्रीलाल प्रधान लगाएत शिक्षक शिक्षिकाहरुको
सहभागिता रहेको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानको सभापतित्वमा
सम्पन्न भएको कार्यक्रममा शिक्षक विश्वराज अर्यालले सहजिकरण गरेका
थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार