चितवन मंसिर ४ –
भरतपुरमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । ‘कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण ’ भन्ने मुल नाराको साथ ६ गते देखी शुरु हुने प्रदर्शनी ९ सम्म चल्नेछ ।
३ दिन सम्म हुने उक्त प्रदर्शनी नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेका हुन् ।प्रदर्शनीको प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) ले गर्ने कार्यक्रम रहेको छ । यस्तै बिभिन्न प्रदेशका कृषि मन्त्रीहरुले पनि प्रदर्शनीको अवलोकन गर्ने आयोजकले जनाएको छ । कृषिप्रदान देश भनेर चिनिने नेपालको कृषिमा यान्त्रीकरणको आवश्यकता रहेको र त्यसैको लागि प्रदर्शनी गर्न लागिएको उनको भनाई थियो ।प्रदर्शनीमा विश्वभरका २० देशबाट १ सय भन्दा बढी प्र्दर्शनीकर्ताले २ सय भन्दा बढी प्रकारका कृषि यन्त्रहरु प्रदर्शनी गर्ने श्रेष्ठले बताए । अवलोकनकर्ताहरुको हकमा भने देशका ७० जिल्लाबाट करिब ३५ हजार कृषकहरुले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । प्रदर्शनी अवलोकनका लागि निशुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ । तीन दिनको प्रदर्शनीमा १० करोको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार