चितवन, कार्तिक २० – भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदीको पुलबाट आज (बुधबार) बिहान एक पुरुष हामफालेका छन् । आज बिहान करिब ९:३० बजे एक पुरुष नदीमा हामफालेका वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । अन्दाजी ५०/५५ बर्षिय ति पुरुषको नाम थर र ठेगाना भने खुल्न सकेको छैन । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।नदिमा हामफालेका खबर पाउन साथ घटना स्थलमा पुगेको प्रहरी टोलीले ति पुरुषको उद्दार गरेको छ । अहिले उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पातल पठाईएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार