चितवन, १८ कात्तिक । लोक तथा दोहोरी गायिका प्रकाश सपुतले गीत गाउन
थालेपछि नारायणी महोत्सवमा उपस्थित दर्शकले नाचेर साथ दिएका छन् । महोत्सवको
चौथो दिन सोमबार महोत्सवको स्टेजमा उक्लिएर गीत गाउन सु? गरेका सपुतको
गीतमा दर्शकले तालीसँगै नाचेर साथ दिएका हुन् ।
लोक तथा दोहोरी गायक सपुत महोत्सवमा ।।गलबन्दी ,बोलामय दोहोरि ब्याटल लगायतका गितहरु गाएका थिय
। त्यस्तै
गायक सपुत र बिसीले दोहोरी समेत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिय ।
शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ।।।
महोत्सवमा कमेडियन राजा राजेन्द्र पोखरेलले समेत आफ्नो प्यारोडी
मार्फत दर्शकलाई हँसाएका छन् । सोमबार राष्ट्रिय लोक तथा दोहोरी गीत
प्रतिष्ठान चितनवनका कलाकारह?को समेत विशेष प्रस्तुती रहेको थियो ।
सोमबार करिब १२ हजार दर्शकले महोत्सवको अवलोकन गरेका आयोजक रेविका बाल
प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए ।
सोमबार बजारका अधिकांश पसलह? बन्द भएका कारण समेत दर्शकह? बढेका
राजकर्णिकारको भनाइ छ । महोत्सव अवलोकनका लागि दर्शकह?को संख्या
दिनप्रतिदिन बढ्ने क्रममा रहेको उनले बताए ।
मंगलबार भने महोत्सवको सांस्कृतिक कार्यक्रममा राजनराज सिवाकोटी, प्रताप दास,
दीक्षा सुनुवारलगायतका कलाकारह?को प्रस्तुती रहने सहआयोजक संस्था रवि एण्ड उषा
मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । महोत्सवमा शिव परियार, दुर्गेश
थापा, कमला घिमिरेलगायतका धेरै कलाकारह? आउन बाँकी नै रहेको अधिकारीको
भनाइ छ । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक
?पमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती भइरहेको अधिकारीले
बताए ।
कात्तिक २५ गतेसम्म हुने महोत्सवबाट भएको आम्दानीबाट अपाब्गता भएका

बालकालिकाह?को लागि काम गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष
?वी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाब्गता भएका बालबालिकाह?
लाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ ।
महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिब्ग तथा स्टीमर
चढ्ने सुविधा समेत रहेको छ ।
महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० ?पैयाँ तथा विद्यार्थीह?का लागि ४०
?पैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकह?लाई निःशुल्क
प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना
गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको ?पमा रवि एण्ड उषा मिडिया
प्राली रहेको छ । महोत्सवको सहयोगीको ?पमा भरतपुर महानगरपालिका, संयुक्त
पाँच टोल विकास संस्था र केटिभी एड्भरट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार