१७ कार्तिक २०७६, छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रूपमा यो पर्व सम्पन्न भएको छ। रत्ननगरको टांडी , भरतपुरको नारायणी किनार लगाएतका अन्य स्थानमा छठिमैयाको पुजा स्थल निर्माण गरिएकोमा आज बिहानै देखि यस स्थानमा सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको घुइचो लागेको थियो । देशभर लाखौं भक्तजनले शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ। छठ पर्वमा हावा, पानि, जमिन, प्रकाश र आकाशको पुजा गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार