३ कार्तिक २०७६,
सुमन लामिछाने ,भरतपुर ।
चितवन मेडिकल कलेजमा नाकको उपचार गर्न गएका एक बिरामीको अस्पतालको चरम लापारबाहीले निधन भएको भन्दै विरामीको आफन्त द्वारा चितवन मेडिकल कलेज तोडफोड गरिएको छ ।
आक्रोशित भिडले अस्पतालका सिसा फुटाएपछि भिडलाई तितर वितर पार्न प्रहरीले अश्रुग्यांस प्रहार गरेको छ । नवलपुर जिल्ला मध्यविन्दु वडा नम्बर ९ को वर्ष ३२ की आशा ज्ञावालीको असोज २६ गते अप्रेशन भएको र उपचारको क्रममा हिजो मुत्यु भएको थियो । नाकको उपचार गर्न गएका सामान्य बिरामीको अस्पतालकै लापारबाहीले निधन भएको आफन्तको आरोप छ । भने अस्पतालले भने घटनाको छानविन गर्न समिति समेत बनाईसकेको अवस्थामा तोडफोड हुनलाई दुखद भएको जनाएको छ । ४० मिनेट बढी अस्पतालमा प्रहरी र प्रर्दशनकारी विच ईटा, ढुगां हानाहान भएको थियो । प्रहरीले झण्डै ४० राउण्ड बढी अश्रुग्याँस प्रहार गरेको थियो ।अश्रुग्याँसबाट अस्पतालका बिरामी प्रभावित बनेका थिए ।अस्पतालमा तनाव भएपछि मेडिकल कलेजले ज्ञावालीको शव अहिले भरतपुर सरकारी अस्पतालमा पठाइएको जनाइएको छ ।

