३० आश्विन २०७६,
रत्ननगर ।
मदन पुरस्कार बिजेता रामलाल जोशीको कथा “लोग्नेको माया” मा तयार भएको छोटो चलचित्र “लोग्नेको माया” को ट्रेलर सार्बजनिक भएको छ । ह्याप्पी मिडियाको यु-ट्युब च्यानलमा अपलोड भएको सो ट्रेलरमा उमेर पाकेको पुरुषको यौन मनोविज्ञान देखिएको छ । चितवनको गोलाघाट र रत्ननगरमा छायांकन भएको सो छोटो चलचित्र लाई मदन अछामीले खिचेका हुन् । ह्याप्पी मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा रामु आचार्य, एलिना बर्देवा, टिकाराम लामिछाने, गोपाल गुरुङ, ज्योति लामा लगाएतको अभिनय रहेको छ । सुयश आचार्य निर्माता रहेको छोटो चलचित्रमा प्रस्तुतकर्ता गोपाल गुरुङ छन् भने सम्पादन तथा निर्देशन रामु आचार्यको रहेको छ ।

https://www.youtube.com/watch?v=bRoGnM49RW0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार