चितवन , असोज ८
पुर्बी चितवन यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसले यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड सञ्चालनमा ल्याएको छ ।
आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउँदै आएको कम्पनीले असोज ६ गतेदेखि असोज १३ गतेसम्म पर्सा,टाँडी र भण्डारामा मेगा एक्सेञ्ज सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत कुनै पनि ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कूटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कूटर खरिद गर्न सक्ने पार्टसका प्रबन्ध उत्तम अधिकारीले जनाएको छ । ग्राहकले कुनै पनि ब्राण्डको पुरानो मोटरसाईकल तथा स्कूटर ल्याएर आएमा न्यूनतम ३० हजार वा अधिकतममा १५ हजार थप मूल्याड्ढन गरी नयाँ मोटसाईकल तथा स्कूटर खरिद गर्न सक्ने साथै हरेक मोटरसाइकल स्कुटर को बिक्री बाट गरिब जेहेन्दार बालबालिकाहरुको शिक्षाको निम्ती कालिका यामाहा कोष मा रू दुईसयका दरले जम्मा गरिने र हाल सो कोषबाट १८ बालबालिकाले शिक्षा पाएको पार्टसका टाँडी शाखा प्रबन्धक रामचन्द्र कोइरालाले जानकारी दिए । साथै सोही अवसरमा ग्राहकले यामाहाको दशैं तिहार योजनामा समेत सहभागिता जनाउन पाउने छन् । जस अन्तर्गत नयाँ बाईक तथा स्कूटर खरिद गर्ने ग्राहकले ७ हजारदेखि १ लाखसम्मको एउटा स्क्राज कार्ड पाउने जनाइएको छ । कम्पनीले यामाहाको दशैं तिहार योजनामा हरेक दिन भाग्यशाली विजेतालाई नगद पुरस्कार १ लाखसम्मको व्यवस्था गरेको छ । कम्पनीले यामाहाको स्वरुममा भिजिट गर्न आउने जुनसुकै ग्राहकलाई पनि हरेक साप्ताहिक लक्की ड्रमा सहभागी गराई आईफोन एक्स उपहारको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार