७ आश्विन २०७६,
रत्ननगर, चितवन ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) सौराहाले आफ्नो १३ औं बार्षिक साधारण सभा तथा ७ औं अधिबेशनमा पुर्वी चितवन पत्रकार संघलाई सम्मान गरेको छ । पूर्वी चितवनमा कार्यरत रहेका संचारकर्मीहरुको साझा संस्था पुर्वी चितवन पत्रकार संघ र यसमा आबद्द सदस्यहरुले समग्र चितवनको पर्यटन बिकासमा खेलेको भुमिकालाई उच्च मुल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । समग्र पूर्वी चितवनका पत्रकारहरुको तर्फ बाट पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले सम्मान ग्रहण गर्दै यो सम्मानले पूर्वी चितवनका पत्रकारहरुलाई अझ जिम्वेवार तथा निष्ठावान बन्न प्रेरित गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार