६ आश्विन २०७६,
रत्ननगर, चितवन ।

 

महिलाहरुले सञ्चालन गरेको शान्तिकुञ्ज सामाजिक उद्यामी महिला सहकारी संस्था रत्ननगर १२ कोे ११ औं बार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । साधारण सभाले संस्थाको बजेट,नीति तथा कार्यक्रम पारित गरेको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्ड प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल र जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीको सहभागिता रहेको थियो । सो अबसरमा बोल्दै उनीहरुले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती न्यौपानेले प्रगति प्रतिवेदन र भावि कार्ययोजना,व्यवस्थापक शुशिला खनालले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक अनिता घिमिरेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरकी थिइन । कार्यक्रममा ३ जना असल ऋणि,३ जना उत्कृष्ट वालबचतकर्ता,७ जना उत्कृष्ट किसान तथा संस्थाले सञ्चालन गरेको उपभोक्ता पसलबाट सबै भन्दा बढि सामान खरिद गर्ने ४ वटा समुह,४ जना शेयर सदस्य,पसल सञ्चालनमा सहयोग गर्ने ११ जना पुरुषहरुलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाकी सचिव दुर्गा बरालले जानकारी दिइन ।

कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य निर्मला खड्का,पशु विज्ञ केन्द्र भरतपुरका प्रमुख डा.दयाराम चापागाई,जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी,जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले,हेफर इन्टरनेशलन नेपालकी सकुन्तला रसाईली,महिला समन्वय समितिकी अध्यक्ष गोमा भट्टराई,कार्यक्रम संयोजक सीता पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषाध्यक्ष सीतादेबी शर्माले स्वागत मन्तव्य राखेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार