४ आश्विन २०७६,
रत्ननगर ।
बिगत केहि दिन देखि बिना सुचना पूर्वी चितवनमा बिद्युत कटौती हुदै आएको छ । यस बाट आम उपभोक्ता चरम मारमा परिरहेका छन् । पूर्वी चितवन ३३ केवी केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवलाई यस सम्बन्धमा जिज्ञासा राख्दा नजिकिदो चाडबाडमा बिद्युत सेवा अवरुद्द नहोस भन्नका लागी मर्मत सम्भार गरिएरहेको कारण बिगत केहि दिन देखि बिद्युत सेवा सहजताका साथ् प्रदान गर्न नसकिएको बताउछन । मर्मत सम्भारको कम आज पनि जारी रहने हुदा वढौलि ,कठार, सौराहा लगाएतका क्षेत्रमा आज पनि बिद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ ।

