३० भाद्र २०७६,
भरतपुर, चितवन ।
भरतपुर महानाग्पालिकालाई स्मार्टसिटि बनाउने अबधारणा अनुरुप ७ दिन भित्र सार्बजनिक स्थानमा रखिएको होर्डिङ्ग बोर्ड हटाउन महानगरपालिकाले अल्टिमेटम दिएको छ । यसका लागी हाल सम्बन्धित पक्षलाई झक्झकाउने काम भइरहेको महानगरले जनाएको छ। बिज्ञापनिक सामाग्री राख्न चाहने व्यक्ति तथा संघ संस्थाले अनुमति लिएर सार्वजनिक स्थानमा बिज्ञापनिक सामाग्री राख्नपाउने ब्यबस्था गर्न लागिएको भरतपुर महानगरपालिकाले जनाएको छ। सुचनाको अटेरी गरेमा न्यूनतम ५ हजार रुपैयाँ र कसुर हेरी त्यो भन्दा बढी जरिवाना सहित कारवाही हुने छ ।

