२९ भाद्र २०७६,
रत्ननगर,चितवन ।
२४ औं राष्ट्रिय बाल दिवशको अवसरमा रत्ननगर ११ को पञ्चतेजज्योति आधारभुत विद्यालय र रत्ननगर समृद्धि बाल क्लबको संयुक्त आयोजना र लुमन्ति आवासको लागि सहयोग समुहको सहयोगमा ९ वटा विद्यालयहरुबिच हाजिरीजवाफ कार्यक्रम सम्पन्न भयो । विभिन्न ९ वटा सामुदायिक विद्यालयहरुबिच गरिएको प्रतिस्पर्धामा पञ्चतेजज्योति आधारभुत विद्यालय मंगलपुर, पञ्चदीप आधारभुत विद्यालय सालघारी, पञ्चकन्या मा.वि. जयमंगला, पञ्चकन्या मा.वि. जिरौना, जमुनापुर आधारभुत विद्यालय, वैरिया मा.वि., देविरमण आधारभुत विद्यालय, अमिलिया आधारभुत विद्यालय र वागदेवि आधारभुत विद्यालयको सहभागिता रहेको थियो । आधारभुत स्तरका बालबालिकाहरुको सहभागिता रहेको कार्यक्रममा जमुनापुर आधारभुत विद्यालयको अशोक भुजेल, स्मृति मगर र पुर्णिमा गुरुंगको टोली प्रथम, पञ्चतेजज्योति आधारभुत विद्यालयको रमिता प्रजा, किरण प्रजा र योजकुमार चेपांगको टोली द्धितिय र वैरिया मा.वि.का अदिति आचार्य, रुस्मा भट्ट र प्रदीप बस्यालको टोली तृतिय हुन सफल भएका थिए । कार्यक्रममा पञ्चकन्या मा.वि. जिरौनाका प्रधानाध्यापक बालकृष्ण तिमिल्सिनाले प्रश्नवाचकको भुमिका निर्वाह गर्नुभएको थियो ।
विद्यालयका अध्यक्ष कुल बहादुर गुरुंगको अध्यक्षता रहेको कार्यक्रममा रत्ननगर ११ का कार्यवाहक अध्यक्ष विष्णु ओझाको प्रमुख आतिथ्यता, लुमन्तिका संयोजक शिंह लामा र विभिन्न ९ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रमको दौरान रत्ननगर ११ को तर्फबाट सहयोग गरिएको ल्यापटप कम्प्युटर हस्तान्तरण गरिएको थियो । साथै रत्ननगर उद्योग वाणिज्य संघको सहयोगमा विद्यालय र गामवेशीको चेपांग संरक्षण केन्द्रलाई विभिन्न खाद्यान्न सामग्री, मसलन्द र खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।






