२८ भाद्र २०७६,
रत्ननगर, चितवन ।
रत्ननगरको होटल स्टार बेङ्क्युटमा आज श्री पन्चामृत दुग्ध उत्पादक सहकारी संस्था लि. को अन्तरक्रिया एवं योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वि. सं. २०५३ सालमा रत्ननगरमा स्थापना भएको श्री पन्चामृत दुग्ध उत्पादक सहकारी संस्था लि. लाई बहुउद्देश्यीय सहकारीमा लैजादा भोलिको दिनमा कस्तो सकारात्मक प्रभाव पर्छ भन्ने बारे छलफल गरिएको हो । कार्यक्रमको सहजीकरण रत्ननगर नगरपालिकाको सहकारी फाँट प्रमुख रामप्रसाद बस्ताकोटिले गर्नुभएको थियो । कार्यक्रममा पन्चामृतले बहुउद्देश्यीयको मर्म थेग्न सक्ने वा नसक्ने भन्ने बिषयमा ब्यापक छलफल भएको थियो । श्री पन्चामृत दुग्ध उत्पादक सहकारी संस्था लि. का मणिप्रकाश खतिवडा, इन्द्रबिलाश न्यौपाने, भीमसेन भण्डारी, उषा राना मगर, तुलादेवी लामिछाने, सुर्यकांत मिश्र, रामचन्द्र पौडेल, गोपाल पौडेल, महादेवी खतिवडा, रामु आचार्य, पुर्व अध्यक्ष्य द्वय धर्मराज अधिकारी, भोजराज लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गोपी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



