२३ भाद्र २०७६,
रत्ननगर ।

रत्ननगरको गङ्गा प्लाजा सौराहाचोकमा रहेको सगरमाथा मोबाइलले हरेक बर्ष जस्तै यो बर्ष पनि चाडपर्व अफर सार्बजनिक गरेको छ । बिगत १२ बर्षदेखि रत्ननगरमा सेवा दिदै आएको सगरमाथा मोबाइल पूर्वी चितवनमा सर्वाधिक ग्राहक बर्गले रुचाएको मोबाइल पसलमा पर्दछ । यसपटकको चाडपर्व अफर अन्तर्गत बम्पर उपहारमा फ्यासिनो स्कुटर एकजनालाई , त्यस्तै ३२ इन्ची एल इ डि टिभी एकजनालाई, स्मार्टफोन दुई जनालाई, त्यस्तै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार, हरेक मोबाइलको खरिदमा ३२ जीवि मेमरी कार्ड त्यस्तै क्यास्ब्याक लगाएतका योजनाहरु अगाडी सारिएको सगरमाथा मोबाइलका प्रोप्राइटर शंकर पौडेलले जानकारी दिएका छन् । यो उपहार सगरमाथा मोबाइलका तर्फबाट मात्र भएको र विभिन्न मोबाइल कम्पनीहरुले दिने छुट र उपहार थप रुपमा ग्राहकले पाउने समेत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार