२३ भाद्र २०७६,

यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । यो भाइरस चार प्रकारका हुन्छन् । डेंगू भाइरस–१, २, ३ र ४ । एक खालको भाइरसको सङ्क्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ अर्थात् एकपटकको सङ्क्रमणपछि जीवनभरि ‘इम्युनिटी’ (प्रतिरोधी क्षमता) हुन्छ तर अन्य प्रकारका डेंगू भाइरसको सङ्क्रमणबाट भने केही समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ । डेंगू ज्वरोका तीन अवस्थाहरु हुन्छन्– १. साधारण डेंगू ज्वरो २. डेंगू हेमोरेजिक ज्वरो ३. डेंगू सक सिन्ड्रोम हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगू ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगू हेमोरेजिक ज्वरो वा डेंगू सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्युसमेत हुन सक्छ ।डेंगू रोग मानिसबाट मानिसमा सोभैm सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ ।डेंगू भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगू भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ ।डेंगू सङ्क्रमित लामखुट्टेले दिउँसो मात्र टोक्छ र खास गरी वर्षात्को मौसममा डेंगूको प्रकोपमा बढ्ने हुँदा घरआँगन, वरपर सरफाइमा ध्यान दिन, कुनै ठाउँमा पानी जम्न नदिन र पानीलाई ढाकछोप समेत गर्न आवश्यक रहेको डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेंगु छ भने मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेंगुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन सक्छ । डेंगु लागेको बेलामा इबुप्रोफिनजस्ता नन्स्टेरोइडल एन्टीइन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन । चिकित्सकीय सल्लाह समयमा लिनुपर्छ । (धरानको बीपी प्रतिष्ठानमा कार्यरत् चिकित्सकको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार