२२ भाद्र २०७६,
सौराहा ।
सौराहामा जारी थारु पत्रकार संघको महाधिवेशनले सन्तोष दहितलाई सर्ब सम्बत अध्यक्ष त्यस्तै चितवनका पत्रकार सन्त कुमार चौधरीलाई महासचिवमा चयन गर्दै सम्पन्न भएको छ ।
उपाध्यक्षमा उन्नती चौधरी , सचिवमा कमल चौधरी र कोषाध्यक्षमा दुष्यन्त चौधरीलाई चयन गरेको छ । तीन उपाध्यक्ष हुने संघको विधानमा कार्यसमितिको वैठकले दुइजना उपाध्यक्ष पछि थप गर्नेछ ।
संघको सदस्यहरुमा हेमन्त चौधरी दाङ, दिप्ती शिखा चौधरी दाङ, श्रीराम दहित दाङ, मधुरानी चौधरी बाँके, रेनु चौधरी बारा, शम्भुप्रसाद थारु बाँके, राजु चौधरी चितवन, रामअवतार चौधरी कपिलवस्तु, रामचन्द्र कुश्मी कञ्चनपुर, चन्द्रिका चौधरी कञ्चनपुर रहेका छन् । महाधिवेशनमा पूर्वी नेपालबाट सहभागी भएका थारु पत्रकारहरुले भने विभिन्न कारण देखाइ महाधिवेशनको निर्वाचन प्रकृया छाडेर गएका छन् ।

