२१ भाद्र २०७६,
रत्ननगर ।
रत्ननगरलाई योगमय नगर बनाउने पूर्वाधार खडा गर्न रत्ननगरमा योगकर्मी हरु एकै ठाउँमा भेला भएका छन् । पतंजली योग महिला समिति रत्ननगरले आयोजना गरेको सो भेला कार्यक्रममा भजन किर्तनको समेत आयोजना भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पतंजली योग महिला समिति चितवनकी अध्यक्ष अस्मिता पाण्डेले शरीरको पहिलो जीवनयापन नै योग भएको भन्दै स्वास्थ्यका लागी योग अपरिहार्य भएको बताईन् । उनले योग बाट नै किर्तन सुरु भएको भन्दै यसले मनमा छुट्टै सकारात्मक ज्योति पैदा गर्ने तथ्य उल्लेख गरिन । कार्यक्रममा रत्ननगर नगर कार्यपालिका सदस्य मिना गिरी, राधा माधव सत्संगका अध्यक्ष हरिशरण पाठक, पतंजली योग नगर समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव क्रमस खडानन्द सुवेदी,कृष्ण प्रसाद भट्टराई र बैकुण्ठ अधिकारी त्यस्तै पतंजली योग युवा समिति अध्यक्ष बशन्त कुमार देवकोटा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम पतंजली योग महिला समिति रत्ननगरकि अध्यक्ष गीता सिम्खडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार