२० भाद्र २०७६,
रत्ननगर
नेपाल बिद्युत प्राधिकरण टांडी शाखाले एक सुचना जारि गर्दै शनिबार बिहान ७ बजे देखि १० बजे सम्म बिद्युत आपूर्ति ठप्प हुने जनाएको छ । टाँडी वितरण केन्द्र अन्तर्गत पर्ने भरतपुर पर्सा ३३ के भी लाइनको नजिक रहेका रुखका हागाँबिगां काट्ने तथा लाइन मर्मत सम्भार गर्न लागिएकोले विद्युत सेवा अवरुद्ध हुने भएको हो । बिद्युत कटौतीले रत्ननगर, खैरहनी, कालिका र राप्तीका सम्पूर्ण क्षेत्र प्रभावित हुनेछन ।

